arin enterprises

बलिउड अभिनेता राजीव कपुरको निधन

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूराे | २०७७ माघ २७, मंगलबार

कपुर घरानाका बलिउड एक्टर राजीव कपुरको निधन भएको छ ।

बलिउडको चर्चित चलचित्र राम तेरी गंगा मैलीका नायक कपुरको आज ५८ वर्षको उमेरमा निधन भएको हो ।

राजीवको मृत्युको पुष्टि उनकी भाउजु नीतु सिंह कपुरले गरेकी छन् । नीतुले इन्स्टाग्राममा आफ्ना देवर राजीवको फोटो शेयर गर्दै RIP लेखेकी छन् ।

राजीवले सन् १९८३ मा एक जान है हम चलचित्रमा डेब्यु गरेका थिए । उनले आसमान, लबर बोय, हम तो चले परदेश लगायतका चलचित्रमा पनि अभिनय गरेका छन् ।

उनी सन् १९९१ मा रिलिज भएको चलचित्र हिना र सन् १९९९ मा रिलिज भएको आ अब लौट चलें चलचित्रका निर्माता समेत हुन् ।

सन् १९९६ मा रिलिज भएको चलचित्र प्रेमग्रन्थको निर्देशन पनि गरेका छन् ।

राजीव बलिउडका भेट्रान एक्टर राजकपुरका कान्छा छोरा हुन् । गत वर्ष मात्रै उनका दाजुहरु ऋषि कपुरको निधन भएको थियो । 

Categorized in पेजथ्री