arin enterprises

नवलपरासीमा बम फेला पर्यो

SamacharDesk – Aakash Rajopadhyaya | २०७९ चैत्र १३, सोमबार

पूर्वी नवलपरासीको बिनयी त्रिबेणी गाउँपालिकाको सर्दीमा बेवारिसे अवस्थामा बम फेला परेको छ ।

विनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडी गाउँको बारीमा बम फेला परेको हो । सर्दीका स्थानीय बासिन्दाका अनुसार जंगलमा चौपाया चराउन गएका ब्यक्तिहरूले एकै ठाउँमा ९ वटा बम भेटेका थिए ।

बारीमा गाडिएको अवस्थामा बम देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालबालिकाले खेल्ने क्रममा उक्त बम देखेपछि प्रहरीले खरब गरेका थिए ।

शक्तिशाली मानिने यो वम विस्फोटन हुँदा ठुलो सङ्ख्यामा क्षति पुग्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले इलाका प्रहरी कार्यालय दुम्कीवास का प्रहरी निरीक्षकको टोली त्यस ठाउँमा पठाएको र ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भई नसकेको बताउनुभयो ।

बम माओवादी जनयुद्धका बेला सेना वा माओवादी लडाकुले छाडेका बम हुनसक्ने अनुमान गरिएको छ ।

Categorized in समाज