प्रज्ञा-प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, १५ देखि ४० प्रतिशतसम्म छुट
SamacharDesk – समाचारडेस्क | २०७८ फाल्गुण २, सोमबार

प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु भएको छ ।
पुस्तक प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको प्रज्ञा–प्रतिष्ठानले जनाएको छ ।
“नेपाल प्रज्ञा–प्रतिष्ठानले अबदेखि वर्षभरि नै पुस्तक प्रदर्शनीको योजना बनाइरहेको छ,” प्रदर्शनीको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताए ।
प्रज्ञा भवनको भानुभक्त कक्षमा आयोजित यस प्रदर्शनीमा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित विभिन्न विधाका महत्त्वपूर्ण पुस्तकहरू उपलब्ध छन् ।
पुस्तक प्रदर्शनी १५ दिनसम्म चल्नेछ ।
Categorized in समाज