भक्तपुरमा उद्योगी व्यवसायीहरुलाई बुस्टर डोज
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ माघ ८, शनिबार

भक्तपुरका उद्योगी, व्यवसायीहरुलाई कोभिड १९ विरुद्धको खोपको बुस्टर डोज दिइएको छ ।
भक्तपुर चेम्बर अफ कमर्सको पहलमा आज भक्तपुरका उद्योगी व्यवसायीका लागि कोभिद १९ विरुद्धको खोपको बुस्टर डोज कार्यक्रम सम्पन्न भएको हो ।
स्वास्थ्य कार्यालय भक्तपुरको सहयोगमा भक्तपुरको गपलिमा आज सो कार्यक्रम सम्पन्न भएको हो ।
उद्योगी व्यवसायीलाई पनि प्रथमिकतामा राखेर खोपको बुस्टर डोज दिइनुपर्ने माग अनुरुप कार्यक्रम सञ्चालन गरिएको भक्तपुर चेम्बरले जनाएको छ ।
कार्यक्रममा भक्तपुर अफ कमर्समा आवद्ध उद्यमी व्यवसायी र भक्तपुरका वस्तुगत संघसंस्थाका पदाधिकारीहरु गरी १४७ जनाले खोप लगाएका थिए । जस अन्तर्गत ४८ महिला र ९९ पुरुषहरु थिए ।
Categorized in समाज