arin enterprises

वर्ल्ड च्याम्पियनसीपमा सनिल अन्तिम ३२ मा

SamacharDesk – बिराज | २०७८ कार्तिक ९, मंगलबार

सर्बियाको बेलग्रेडमा जारी आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपान नेपाली बक्सर सनिल शाही अन्तिम ३२ मा पुग्न सफल भएका छन् ।

सोमबार राति ६७ केजी तौल समूहको खेल अन्तर्गत इराकी बक्सर अल ओहाइदीले वाकओभर दिएपछि सनिल विजेता स्वतः विजेता बन्दै अन्तिम ३२ मा पुगेका हुन् ।

सनिलले अब प्रिक्वाटरफाइनलमा स्थान बनाउन आउँदो बिहिबार सर्बियाली बक्सर आबासोभ भाखिदसँग खेल्नेछन् ।

सनिल साफ खेलमा स्वर्ण विजेता बक्सर हुन् । च्याम्पियनसीपमा सनिलसँगै रविन थापा, पुरन राई र भुपेन्द्र थापाले सहभागिता जनाइरहेका छन् ।

आजै नेपाली समय अनुसार साँझको ५ः३० बजे साफका अर्का स्वर्ण बिजेता भुपेन्द्र थापाले ६३.५ के.जी. तौल समुहमा फ्रान्सका लोउनेस हम्रावुईसँग प्रतिस्पर्धा गर्दैछन् ।

अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) को ७५औं वार्षिकोत्सबको अबसरमा सर्वियाको राजधानी बेलग्रेड शहरमा २१ औँ वल्ड बक्सिङ च्याम्पियनसिपको आयोजना भइरहेको छ । अक्टोबर २५ बाट शुरु भएको च्याम्पियनसीप आउँदो नोभेम्बर ६ सम्म संचालन हुनेछ ।

च्याम्पियनसीपमा सहभागीता जनाउन नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको नेतृत्वमा मुख्य प्रशिक्षक प्रकाश थापा मगर र किशोर लिम्बु, अफिसीयल्समा संघका सदस्यहरु मान बहादुर भण्डारी,  प्रनिर अधिकारी सहितको टोली गत शुक्रबार सर्विया प्रस्थान गरेका थिए ।

Categorized in स्पाेर्ट्स