भेनेजुएलालाई हराउँदै ब्राजिलको सानदार सुरूवात
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १, मंगलबार

कोपा अमेरिका आयोजक ब्राजिलले सानदार सुरूवात गरेको छ ।
सोमबार राति सम्पन्न खेलमा घरेलु टिम ब्राजिलले भेनेजुएलालाई ३–० गोलले पराजित गर्दै सानदार सुरूवात गरेको हो ।
खेलको २३ मिनेटमा मार्किन्हसको गोलबाट ब्राजिलले अग्रता लिएको थियो । खेलको ६४ मिनेटमा ब्राजिलले नेइमारले पेनाल्टीमार्फत गरेको गोलबाट अग्रता दोब्बर पारे । भेनेजुएलाका कुमानाले ब्राजिलका लुइस मार्टिनेजेलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
खेल सकिन एक मिनेट बाँकी छदा ब्राजिलको लागि गाब्रियल बार्बोसाले तेस्रो गोल गरे ।
यो जितसँगै ब्राजिलले समुह ‘ए’ मा ३ अंक जोडेको छ ।
Categorized in स्पाेर्ट्स