ब्राजिलको लगातार दोस्रो जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र २७, बुधबार

विश्वकप छनोटमा ब्राजिलले लगातार दोस्रो जित हासिल गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार सम्पन्न खेलमा ब्राजिलले पेरुलाई १–० गोलले पराजित गरेको हो ।
पेरुको घरेलु मैदानमा भएको खेलमा ब्राजिलको लागि ९० औं मिनेटमा मार्किन्होसले निर्णायक गोल गरे ।
लगातार दोस्रो जितसँगै ब्राजिलले ६ अंक बटुलेको छ ।
दोस्रो जित दर्ता गरेको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
Categorized in स्पाेर्ट्स