२२ बर्ष पछि ब्राजिल उरुग्वेसँग पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १, बुधबार

विश्वकप फुटबलको छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल उरुग्वेसँग पराजित भएको छ । बुधबार भएको खेलमा ब्राजिलले घरेलु टोली उरुग्वेसँग २–० को हार ब्यहोरेको हो ।
पछिल्लो पटक उरुग्वेले सन् २००१मा ब्राजिललाई हराएको हो । त्यस्तै सन् २०१५ पछि ब्राजिल पहिलो पटक छनोट प्रतियोगितामा हारेको हो । योसँगै उनको ३७ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।
खेलको ४२ औं मिनेटमा हेडमार्फत डार्विन नुनेजले उरुग्वेलाई अघि बढाएका थिए । त्यसको दुई मिनेटपछि नेयमार गम्भिर चोट बोक्दै मैदान छाडे ।
दोस्रो हाफमा निकोलस डेला क्रुजले गोल गर्दै उरुग्वेको अग्रतालाई दोब्बर बनाएका थिए । नुनेजको पासलाई सदुपयोग गर्दै क्रुजले उरुग्वेका लागि गोल गरे ।
जित सहित उरुग्वेले छनोट तालिकामा ब्राजिललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ ।
उसले तालिकामा ७ अंक जोडेको छ । समान खेल र अंक सहित ब्राजिल दोस्रो स्थानमा छ भने १२ अंक सहित अर्जेन्टिना शीर्ष स्थानमा छ ।
Categorized in स्पाेर्ट्स