ब्राजिलको विजयी सुरुवात
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र २३, शनिबार

फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले विजयी सुरुवात गरेको छ ।
शनिबार विहान सम्पन्न खेलमा ब्राजिलले बोलिभियालाई ५–१ गोलले पराजित गरेको हो ।
ब्राजिलको जितमा राड्रिगोले २४ औं र ५३ औं तथा नेयमारले ६१ औं र दोस्रो हाफको ईन्जुरी समयमा गोल गरे । राफिन्हाले ४७ औं मिनेटमा गोल गरे ।
बोलिभियाका लागि भिक्टोरले ७८ औं मिनेटमा सान्त्वना गोल गरे ।
पहिलो खेल खेलिरहेको ब्राजिल ३ अंकका साथ शीर्ष स्थानमा छ ।
शनिबार नै भएको अर्को खेलमा उरुग्वेले चिलीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।
Categorized in स्पाेर्ट्स