ब्राजिली युवा खेलाडि गेब्रियल चेल्सीमा अनुबन्धन
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १, सोमबार

इंग्लीस क्लब चेल्सीले ब्राजिली युवा खेलाडि एन्जेलो गेब्रियललाई अनुबन्धन गरेको छ ।
प्रिमियर लिग क्लबले सान्तोषबाट १८ वर्षीय गेब्रियलाई मुल्य नखुलाई क्लबमा अनुबन्धन गरेको हो ।
उनले सन् २०२० मा १५ वर्ष ३ सय ८ दिनमा ब्राजिलको शीर्ष डिभिजन लिगमा डेब्यु गरेका थिए ।
माराकाना रंगशालामा फ्लुमिनेन्सविरुद्ध खेल्दै ब्राजिली फुटबलको इतिहासमा सबैभन्दा कम उमेरमा शीर्ष डिभिजनको लिगमा डेब्यु गर्ने इतिहास राखे । गेब्रियलले सान्तोषका लागि १ सय २९ खेलमा ५ गोल गरेका छन् ।
कोपा लिबर्टाडोरेसमा गोल गर्ने उनी सबैभन्दा कम उमेरका खेलाडी हुन् । उनले सन् २०२१ को अप्रिल १६ मा गोल गरेका थिए ।
यस ट्रान्सफर विन्डोमा चेल्सीले अनुबन्धन गरेको उनी तेस्रो खेलाडी हुन् । यसअघि चेल्सीले फ्रान्सका फरवार्ड क्रिस्टिोफर नाकुन्को र सेनेगल फरवार्ड निकोलस ज्याक्सनलाई अनुबन्धन गरिसकेको छ ।
चेल्सीले खेलाडी अनुबन्धनसँगै आफ्नो जम्बो टिमलाई समेत घटाईरहेको छ ।
उसले प्लेइङ सेटमा धेरै खेलाडीलाई यस सिजन अन्य क्लबमा बेचेको छ ।
Categorized in स्पाेर्ट्स