arin enterprises

आज भगवान गौतम बुद्धको २५६८औँ बुद्ध जयन्ती

SamacharDesk – बिराज | २०८१ जेठ १०, बिहिबार

भगवान गौतम बुद्धको २५६८औँ बुद्ध जयन्ती भव्य रुपमा मनाईंदै छ ।

आज देशभरका बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । यस अवसरमा सिद्धार्थ गौतमको पूजा, आराधना र प्रवचन गरी भगवान गौतम बुद्धको जन्मोत्सव मनाईंदैछ । 

ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन जन्म भएको विश्वास गरिन्छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व भगवान् विष्णुको नवौँ अवतारका रूपमा पनि लिने गरिन्छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

सिद्धार्थ बुद्धको कथा अनुसार उहाँको पूर्वजन्ममा बोधिसत्त्व भएकाले दुःखको कारण र दुःखको निवारण भारतका विभिन्न ठाउँमा सात वर्षसम्म तपस्या गर्दै हिँड्नुभयो। 

तपस्याबाट प्राप्त ज्ञानलाई उहाँले प्रचार गर्नुभयो। त्यही उहाँको सन्देशलाई आज विश्वभरका बौद्धधर्मलम्बीले अनुसरण गर्दै आएका छन्।

Categorized in राष्ट्रिय