फ्रान्समा २५६७औं बुद्धजयन्ती मनाइयो
SamacharDesk | २०८० जेठ १०, बुधबार

२५६७औं बुद्धजयन्ती युरोपेली मुलुक फ्रान्समा पनि मनाएको छ ।
सप्ताहव्यापी बुद्ध जयन्ती मनाउने क्रममा अन्तर्राष्ट्रिय वैशाख डे को रुपमा फ्रान्समा बुद्ध जयन्ती सम्पन्न भएको हो ।
बुद्धिष्ट युनियन अफ फ्रान्सको आयोजनामा पेरिसमा रहेका बौद्ध धर्मावलम्बीले विभिन्न बौद्ध विहारहरूमा थेरवाद र महायान परम्पराअनुसार बुद्ध बन्दना र सुत्रपाठ गरेर बुद्ध जयन्ती बैशाख डे मनाएका हुन् ।
सो अवसरमा तथागत बुद्धको अस्थिधातु समेत प्रर्दशन गरिएको थियो । भिन्सेनी लगायतको शहरमा त्यहाँका मन्त्रीहरुकै सहभागितामा बुद्ध जयन्तीको दिन देखि साताव्यापी विभिन्न कार्यक्रम गरेर बुद्ध जयन्ती मनाइएको हो ।
त्यहाँका बौद्ध धर्मावलम्बीहरूले बैशाख अष्टमी पूजा समेत मनाउने गरेका छन् । तथागत भगवान बुद्धको अन्तिम संस्कार गरेको दिनको स्मरणमा अष्टमी पूजा गरिन्छ ।
पश्चिमी मुलुकमा रहेका बौद्धहरूले बुद्ध जयन्ती महत्वका साथ मनाउँदै आएका छन् ।
बुद्ध जयन्तीका दिन संयुक्त राष्ट्र संघले समेत अन्तराष्ट्रिय रुपमा सार्वजनिक विदा दिँदै आएको छ ।
Categorized in समाज