पुलबाट बस खस्दा ९ जनाको मृत्यु
SamacharDesk | २०७९ जेठ २२, आइतबार

परासी-भैरहवा सडकखण्ड अन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकास्थित रोहिणी पुलबाट यात्रुबाहक बस खोलामा खस्दा नौ जनाको मृत्यु भएको छ ।
घटनामा २४ जना घाइते भएका छन् । जनकपुरबाट भैरहवा जाँदै गरेको बस आज विहान साढे ४ बजे पुलबाट खस्ता उक्त घटना भएको हो ।
३३ जना यात्रु बोकेको लु २ ख ३८४१ नम्बरको बस विहान साढे ४ बजे खसेको प्रहरीले जनाएको छ । घटनामा ८ जना पुरुष र एक महिलानको मृत्यु भएको र अन्य यात्रु घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ । मृत्यु भएका नौ जनामध्ये छ जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका–२ का ५६ वर्षीय विष्णु पौडेल, बुटवल उपमहानगरपालिका–११ कालिका नगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, रौतहट चन्द्र चन्द्रनिगाहापुरका २० वर्षीय दिनेश दास र भारत जनकपुर ग्रामका ४० वर्षका अरविन्द शर्मा रहेका छन् ।
अन्य ३ जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । २४ जना घाइते मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ भने उनीहरुलाई उपचारका लागि युनिभर्सल मेडिकल, सिद्धार्थनगर सिटी अस्पताल र भीम अस्पतालमा राखिएको छ ।
पुलको बीच भागबाट बार भाँचेर बस खोलामा खसेकाले चालक निदाएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । यस अघि पनि सवारी साधन खसेका थिए ।
Categorized in समाज