arin enterprises

दाउन्नेमा यात्रुवाहक वस दुर्घटना, ३१ जना घाइते

SamacharDesk | २०७९ श्रावण ११, बुधबार

कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको यात्रुवाहक बस नवलपुरको दाउन्ने बस दूर्घटना भएको छ ।

दुर्घटनामा ३१ जना घाइते भएका छन् । घाइते चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दाउन्नेको ओरालो कटेपछि अनियन्त्रित भई पल्टिँदा बसमा आगो लागेको नवलपुर प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

दूर्घटनापछि बसका चालक फरार भएका छन् ।

Categorized in समाज