arin enterprises

रुकुम पश्चिममा बस दुर्घटना, पाँचको मृत्यु

SamacharDesk | २०८० जेठ ११, बिहिबार

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा आज विहान जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

सानीभेरी गाउँपालिकाबाट खलङ्गा जाँदै गरेको जीप बाँफीकोट गाउँपालिकाको वडा नम्बर ८ को तोरीधारा मोटेखोला भन्ने स्थानमा आज विहान करिब साढे आठ बजेतिर दुर्घटना भएको हो ।

जिप सडकबाट करिब ३ सय मिटर तल खसेर पाँच जनाको घटनास्थलमै मृत्यु भएको र जीपमा रहेका कम्तिमा आधा दर्जन घाइते भएको रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सानोभरी नगरपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट– ८ का २२ वर्षीय रेखा खनाल, उनका छोरा रोशन केसी र सोही ठाउँका नाम नखुलेका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

१५ जना सवार जीप कच्ची सडकबाट चार सय मिटर तल खसेको छ । जीपमा रहेका अन्य दश जना सवै घाइते रहेको र घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।

घाइतेलाई उपचारका लागि लैजान हेलिकप्टर माग गरिएको बाफिकोट गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष धनबहादुर खत्रीले बताएका छन् ।

Categorized in समाज
SKIP THIS maharjan complex bumper adv