arin enterprises

कपिलवस्तुमा बस दुर्घटनामा मृत्यु भएका १० जनाकै सनाखत

SamacharDesk | २०८० फाल्गुण ३, बिहिबार

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको कपिलवस्तुस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका १ सुरही खोलामा बस दुर्घटनामा मृत्यु भएका १० जनाकै सनाखत भएको छ ।

सुनौलो महाकाली यातायातद्वारा  सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । साथै घाइते ३० जनाको पहिचान खुलेको छ ।

यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल खसेको थियो । मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् ।

मृतकहरुमा रौतहट औराही(३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् ।

यस्तै, भीमदत्त नगरपालिका-१६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वाससकी विमलादेवी भट्ट, भीमदत्त-२ का सुदीप भट्ट र भीमदत्त-९ का बिसनदत्त भट्ट रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले बताए ।

Categorized in समाज