संखुवासभामा बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो
SamacharDesk | २०७८ फाल्गुण २६, बिहिबार

संखुवासभाको मादीबाट झापाको दमकका लागि छुटेको बस दुर्घटना भएको छ ।
दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं। ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटना परी मृत्यु हुनेहरुको सख्या १५ पुगेको छ ।
बिहीबार बिहान भएको दुर्घटनामा ५ जनाको जीवितै उद्धार गरिएको स्थानीयले बताएका छन् । स्थानीयको अनुसार सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, बलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको छ ।
विहिबार विहान करिव ७ बजे बा ४ ख ७३५ नम्बरको बस रामबेनी भन्ने ठाउँमा दुर्घटना भएको हो । बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । संखुवासभाका प्रमुख जिल्ला अधिकारीका अनुसार उद्धार कार्य जारी रहेको बताए ।
Categorized in समाज