arin enterprises

बसको ठक्करबाट विद्यार्थीको मृत्यु

SamacharDesk | २०७९ आश्विन ६, बिहिबार

धादिङको गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ ।

काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नं।को बसको ठक्कर गजुरीको आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने ६ वर्षका विद्यार्थीलाई बाटो काट्ने क्रममा जेब्राक्रसमै गाडीले ठक्कर दिएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि आक्रोशित स्थानीय र विद्यार्थीले पृथ्वी राजमार्ग अवरूद्ध गरेका छन् ।

साथै उनीहरूले विद्यार्थीलाई ठक्कर दिने बसमाथि आगजनी गरेका हुन् । उनीहरुले शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् ।

अहिले पृथ्वी राजमार्ग हुँदै गुड्ने सवारी गजुरी आसपासमै रोकिएका छन् । सडक खुलाउन स्थानीय र पीडितका आफन्तहरूसँग छलफल भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in समाज