arin enterprises

विभिन्न स्थानको दुर्घटनामा २ को मृत्यु दर्जन बढी घाइते

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण १८, बुधबार

नवलपुरको देवचुली नगरपालिका १४ मा आज बिहान भएको बस दुर्घटनमा परेर १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये ७ जनालाई भरतपुर पठाइएको छ भने ७ जनाको दुम्कौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्ष दिलिपकुमार गिरीले जानकारी दिनुभयो । नारायणगढदेखि बुटवलका लागि छुटेको ना ७ ख ६८८१ न. बस आफै अनियन्त्रीत भएर दुर्घटनामा परेको गिरीले बताउनुभयो ।

त्यस्तै दाङमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दाङको देउखुरी क्षेत्रमा कार र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार राप्ती गाउँपालिका– ७ बस्ने सिमासर चौधरीकी १० वर्षीया छोरी सन्ध्या चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । गएराती गोबरडियाबाट सिसहनियातर्फ जाँदै गरेको लु २ च ७६८२ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको रा ४ प ३४६१ नम्बरको मोटरसाइकल गढवा– २ महादेवा पुल नजिकै ठोक्किएर दुर्घटना भएको दाङ प्रहरीले जनाएको छ ।

यस्तै दाङको घोराही–धारापानी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट घोराही–१५ का १८ वर्षीय अजय चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Categorized in समाज