arin enterprises

जग्गा हडपेको अभियोगमा व्यापारी अरुण चौधरी पक्राउ

SamacharDesk | २०८० माघ १८, बिहिबार

बाँसबासी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा नेपाल प्रहरी अनुसन्धान ब्यूरो (सिआइबीले व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ ।

उद्योगको १० रोपनी जग्गा हडपेको अभियोगमा व्यपारी चौधरी र तत्कालिन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजितनारायण सिंह थापालाई विहीबार पक्राउ गरिएको छ ।

चौधरीको द चाँदबाग स्कुलले १० रोपनी जग्गा हडपेको र त्यसमा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजितनारायण सिंह थापाको मिलेमतो रहेको आरोपमा दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सीआईबीले उद्योगी एवं सांसद विनोद चौधरीका भाई अरुण चौधरीलाई पक्राउ गरेर कार्यालयमा पु¥याइसकेको बताइएको छ ।

सीआईबीले सीजी होल्डिङ्सका अध्यक्ष चौधरीलाई लाजिम्पाटस्थित निवासबाटै पक्राउ गरेको हो ।

Categorized in राष्ट्रिय