arin enterprises

धनगढीमा पाँच तले घरबाट हाम्फाल्दा व्यापारीको मृत्यु

SamacharDesk | २०८० माघ १०, बुधबार

कैलालीको धनगढीका एक व्यापारीले आफ्नो घरको पाँच तलाबाट हाम फालेर आत्म्हत्या गरेका छन् ।

धनगढी उपमहानगरपालिका–४ का ५३ वर्षीय सन्तोष अग्रवालले आज आफ्नै घरको पाँचौं तलाबाट हाम्फाल्दा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

धनगढीस्थित सन्दीप स्टोरका सञ्चालक रहेका अग्रवाल कस्मेटिक ब्यापारी हुन् । उहाँले के कति कारणले घरको छतबाट हाम फालेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घरको माथिल्लो तल्लास्थित छतमा पुगेका अग्रवाललाई आसपासका स्थानीयले त्यसो नगर्न आग्रह गर्दा पनि अटेर गरेर हाम फालेको जनाइएको छ ।

Categorized in समाज