ज्याठाको कल सेन्टरमा छापा, चार जना चिनियाँ नागरिक पक्राउ
SamacharDesk | २०७९ श्रावण १२, बिहिबार

अवैध रुपमा संचालन गर्दै आएका कल सेन्टरका संचालकहरु दिनदिनै पक्राउ पर्न थालेका छन् ।
केही दिन अगाडि काठमाडौंकै तीनकुनेमा कलसेन्टरमा छापा मारेर ३६ जनालाई पक्राउ गरेको थियो भने त्यसअघि रुपन्देहीको मणिग्राममा रहेको कलसेन्टरमा छापा मारेर चिनियाँसहित १५० जनालाई पक्राउ गरेको थियो ।
अहिलेसम्म कल सेन्टर संचालन गर्ने संचालकहरु प्रायः चिनियाँ नागरिकहरु बढी मात्रामा पक्राउ परेका छन् ।
यस्तै हिजो प्रहरीले काठमाडौंको ज्याठामा चिनियाँहरुले नै संचालन गरेको कलसेन्टरमा छापा मारेर चार जना चिनियाँसहित नेपाली कर्मचारीलाई पक्राउ गरेको छ ।
ज्याठास्थित भियना होटल परिसरमै रहेको कलसेन्टरबाट प्रहरीले २६ वटा ल्यापटक, ४७२ वटा मोबाइल, झण्डै दुई लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड र सिमकार्डहरु बरामद गरेको छ ।
यो गिरोहले पनि कलसेन्टरबाट निम्न वर्गीय भारतीयहरुलाई ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध