arin enterprises

क्यान इन्फोटेक माघ २३ देखि हुने

SamacharDesk | २०७९ माघ १३, शुक्रबार

सूचना तथा प्रविधि मेला क्यान इन्फोटेकको २८औंं संस्करणको माघ २३ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

कम्प्युटर एशोसिएशन नेपाल महासंघले आयोजना गर्ने उक्त प्रविधि मेलाको हिजो पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।

क्यान इन्फोटेक आगामी माघ २३ गतेबाट २९ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ । महासंघले क्यान महासंघले आयोजना गर्ने देशकै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धित कम्पनीहरुको सहभागिता रहने बताइएको छ । उहाँले यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गर्ने बताउनु भयो ।

उहाँले क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेण्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुने बताउनु भयो ।

मेलाको करिव साढे ३ लाख मानिसले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महासंघले प्रदर्शनीले डिजिटल नेपालको अभियानलाई समेत सहयोग पुग्ने विश्वास राखेको छ ।

काठमाडौंमा प्रदर्शनी सकिएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने महासचिव अधिकारीले बताउनु भयो । महासंघले सन् १९९५ देखि क्यान इन्फोटेकको शुरुवात गरेको थियो ।

महासंघका महासचिव चिरञ्जीवि अधिकारीले यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर पे वेलमार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने बताउनु भयो । सर्वसाधारणका लागि १ सय र विद्यार्थीहरुका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको जनाइएको छ ।

Categorized in विज्ञान-प्रविधी