क्याननले पनि स्मार्टफोनसँग सहकार्य गर्ने
SamacharDesk – आकाश | २०८० जेठ ७, आइतबार

चर्चित क्यामेरा कम्पनी क्याननले पनि स्मार्टफोन निर्मातासँग सहकार्य गर्न खोजिरहेको समाचार बाहिरिएको छ ।
पछिल्लो समयमा क्यामेरा कम्पनी र स्मार्टफोन निर्माताबीच सहकार्य बढ्दोक्रममा रहँदा यस्तो समाचार बाहिरिएको हो । तर, क्यानोनले कुन स्मार्टफोन ब्रान्डसँग सहकार्य गर्छ भन्ने कुरा निश्चित छैन ।
विश्वबजारमा क्याननले एसुस, गुगल, अनर, ह्वावे, मोटोरोला, रियलमी, सामसङमध्ये कुनै एकसँग साझेदारी गर्नसक्ने अनुमान गरिएको छ ।
मोबाइल फोनको तस्वीरको गुणस्तर बढाउन स्मार्टफोन र क्यामेरा कम्पनीबीचको सहकार्यले प्रायः भएको पाइएको छ । जसकारण स्मार्टफोनको हार्डवेयर र सफ्टवेयरको प्रदर्शनमै सुधार भएको चर्चा छ ।
यसअघि लाइकाले साओमी, जेइसले भिभो, ह्यसलब्लाडले ओप्पो र वनप्लससँग साझेदारी गरिसकेका छन् ।
विभिन्न स्मार्टफोनले विभिन्न क्यामेरा कम्पनीसँग सहकार्य गरिसकेको अवस्थामा क्यानन र स्मार्टफोनको सहकार्यलाई निकै चासोका साथ हेरिएको छ ।
यदि क्याननले र स्मार्टफोनसँग सहकार्य गरेमा उक्त मोबाइल फोनको तस्वीरको गुणस्तर उत्कृष्ट हुने अनुमान गरेको छ ।
Categorized in विजनेस