arin enterprises

बाल विकासका शिक्षकहरूको लागि क्षमता अभिवृद्धि तालिम

SamacharDesk – समाचारडेस्क डिस्ट्रिक्ट रिपोर्टर | २०८१ जेठ १०, बिहिबार

प्युठानको ऐरावती गाउँपालिका–२ बरौलामा प्रारम्भिक बाल विकासका शिक्षकहरूको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सोमबारबाट सुरु भएको तीन दिने तालिम बुधबार सम्पन्न भएको हो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य र नेपाल जेसुईट सामाजिक संस्था ललितपुरको प्राविधिक सहयोगमा ऐरावती गाउँपालिकाले उक्त तालिम संचालन गरेको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले तालिम मार्फत शिक्षकहरूको क्षमता अभिवृद्धिमा थप मद्दत पुगेको दावी गरे ।

शिक्षा शाखा सहायक तुल बहादुर थापा, शिक्षिका माया आचार्य र प्रशिक्षक कमल श्रेष्ठले तालिम सम्बन्धी आ–आफ्नो मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल बिश्वकर्मा, नेपाल पत्रकार महासंघ प्युठान जिल्ला कार्य समितिका सदस्य बिमल पौडेल, एनजेएसआइका प्रतिनिधि, प्रशिक्षक, शिक्षक तथा शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।

Categorized in समाज