कारबाओ कपको उपाधि लिभरपुललाई
SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण १४, सोमबार

लिभरपुलले कारबाओ कपको उपाधि जितेको छ । फाइनलमा चेल्सीलाई हराउँदै लिभरपुलले उपाधि जितेको हो ।
आईतबार भएको फाइनल खेलमा लिभरपुलले चेल्सीलाई १–० गोल अन्तरले हरायो । लिभरपुलको जितमा भर्जिल भान डाइकले विजयी गोल गरे ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको खेल सकिन दुई मिनेट अघि डाइकले लिभरपुलका लागि विजयी गोल गरे ।
चेल्सीले निर्धारित समयको खेलमा लिभरपुललाई दबाबमा राखेपनि उसले गोल भने गर्न सकेन ।
यसअघि खेलको सुरुवातमै डाइकले हेडमार्फत गरेको गोललाई रेफ्रीले भारमार्फत अफसाइड दिएकापछि लिभरपुलले अग्रता लिने अवसर गुमाएको थियो ।
योसँगै लिभरपुलले दशौ पटक कारबाओ कपको उपाधि जितेको छ ।
Categorized in स्पाेर्ट्स