आलुको बोरामा ८४ लाख रुपैयाँ बरामद
SamacharDesk | २०७९ आषाढ २१, मंगलबार

आलुसँगै बोरामा ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँे बरामद सशस्त्र प्रहरीले बरामद गरेको छ ।
धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिनुभयो ।
ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का राजेश मण्डल र ३६ ईश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
बरामद रकम र पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।
Categorized in अपराध