arin enterprises

बम्जनको घरबाट साढे ३ करोड भन्दा बढी नगद बरामद

SamacharDesk | २०८० पौष २५, बुधबार

तपस्वी रामबहादुर बम्जनको घरमा प्रहरीले छापा मारेर प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले बुढानीलकण्ठको हात्तिगौंडास्थित घरमा छापा मार्दा नेपाली रुपैयाँसहित विदेशी मुद्राहरु अमेरिकन डलर, थाई, क्यानडियन लगायत १६ देशका मुद्रा बरामद गरेको जनाएको छ ।

त्यस्तै उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ। सीआईबीले बम्जनलाई हिजो साँझ हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।

उनी त्यहाँ श्रीमती र छोराछोरीसहित बसेका थिए । पक्राउ परेपछि बम्जनले घरको दुई तलामाथिबाट हामफालेर भाग्ने प्रयास गरेका थिए ।

सिआइबी प्रमुख ब्रजाचार्यका अनुसार बमजनले अहिलेसम्म धेरै कुरा बोलेका छैनन्। आजसम्म कहाँ लुकेर बसेको भन्ने प्रश्नको जवाफमा विभिन्न जंगलहरूमा, कहिले आफन्तको घरमा बस्दै आएको मात्र उनले बताएका छन्। बम्जनले अनुयायी बेत्तपा पारेको भन्दै पहिलो पटक १२ पुस २०७५ मा जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी परेको थियो ।

बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ ।

Categorized in राष्ट्रिय