arin enterprises

सुडानमा युद्धविराम लागु

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख १२, मंगलबार

सुडानमा युद्धरत पक्षबीचमा युद्धविरामको सहमति हँदा सोमबार मध्यरातदेखि युद्धविराम लागू भएको छ ।

सुडानी सशस्त्र बल (एसएएफ) र र्‍यापिड सपोर्ट फोर्सेस (आएसएफ) संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् । दुवै पक्षले युद्धविराम पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

दुई दिने लामो वार्तापछि सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स आरएसएफबीच सम्झौता भएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बताए ।

यसअघिका युद्धविरामका प्रयास असफल भएको थियो ।

आरएसएफले मानवीय संकट उत्पन्न हुन नदिन तथा देशवासीहरुलाई आवश्यक स्वास्थ्य सेवाका साथै सुरक्षित स्थानसम्मको पठाउन र कूटनीतिक नियोगहरूलाई खाली गर्नु उद्देश्यका साथ युद्धविराम गरेको बताएको छ ।

प्रतिद्वन्द्वी समूह एसएएफले पनि आरएसएफले युद्धविराम पालना गरेमा आफूले पनि त्यसलाई मान्ने बताएको छ ।

यहि अप्रिल १५ तारिखदेखि जारी युद्धका कारण चार सयभन्दा बढीले आफ्नो ज्यान गुमाइ सकेका छन् भने घाइते भएका छन् ।

मृत्यु हुनेमा खार्तुमस्थित इजिप्सेली दूतावासका प्रशासन सहायक एक कर्मचारी पनि रहेको इजिप्टको विदेश मन्त्रालयले पुष्टि गरेको छ । युद्धको क्रममा उनी घरफर्कने प्रक्रियामा सहभागी हुन दूतावास आउँदै गरेका बेला आक्रमणमा परेका हुन् ।

यस्तै ठूलो संख्यामा त्यहाँका नागरिकहरु विदेशीहरू पलायन भएका छन् ।

युद्ध भएदेखि युद्धग्रस्त राजधानी खार्तुमका बासिन्दालाई घरभित्रै बस्न भनिएको छ । घरभित्रै बसिरहेका सुडानीहरुले खाना र पानीको चरम अभाव झेलिरहेका छन् ।

यस्तै बम विष्फोटले पानी आपूर्तिका पूर्वाधार क्षतविक्षत बनाएपछि त्यहाँका नागरिकहरु नाइल नदीको पानी पिउन बाध्य भएका छन् ।

युद्धविरामले उनीहरूलाई शहरबाट सुरक्षित स्थानतर्फ जान सहज हुनेछ । विदेशी सरकारहरूलाई पनि आ–आफ्ना कूटनीतिज्ञ र नागरिकको उद्धार गर्न सजिलो हुने बताएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय