arin enterprises

शताब्दी पुरुष रहेनन्

SamacharDesk – बिराज | २०७९ आश्विन ३०, आइतबार

शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीको निधन भएको छ । पछिल्लो समय स्वास्थ्य अवस्था बिग्रिएपछि किस्ट मेडिकल अस्पतालमा उपचाररत जोशीको १०३ वर्षको उमेरमा निधन भएको हो ।

आज विहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको बताइएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत असोज ७ गते अस्पताल भर्ना गरिएको थियो । उनको छातिमा निमोनिया र प्रोस्टेटको समस्या देखिएको थियो । अस्पताल भर्ना गरी रगत परिक्षण गर्दा उनमा  डेंगुको संक्रमण पनि पुष्टि भएको थियो ।

अस्पताल भर्ना भएपछि उनलाई आइसीयूमा राखेर उपचार गरिँदैथियो । बिचमा स्वास्थ्यमा केही सुधार देखिएर वार्डमा सिफ्ट गरिएपनि फेरी स्वास्थ्यमा समस्या बढेपछि आइसीयूमा सारिएको थियो ।

पछिल्लो पटक उनमा कमजोरी निकै बढेको थियो भने खानामा अरुचि भएको र दोहोरो संवाद गर्न नसक्ने अवस्था भएको थियो । 

Categorized in राष्ट्रिय