arin enterprises

हिन्दू धर्मावलम्बीहरु आज चैते दशै मनाईंदै

SamacharDesk | २०७९ चैत्र १५, बुधबार

आज चैते दशैं । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिनलाई नेपालीहरु चैते दशैंको रुपमा मनाउने गर्दछन् ।

हिन्दू धर्मावलम्वीहरु आज घरघरमा तथा शक्तिपीठहरुमा वडा दशैंमा जस्तै दुर्गा भवानीको पूजाआजा गरी मनाइन्छ ।

चैत प्रतिपदाका दिनदेखि शुरु हुने चैत्र नवदुर्गाको आठौं दिन महाकालीको विशेष पूजा गर्ने गरिन्छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।

असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् ।

असोज-कार्तिकमा मनाईंने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं भनिन्छ । देशका विभिन्न शक्तिपीठहरुमा आज विहानैदेखि पूजा गर्नेहरुको भीड लागेको छ । दशैंघर तथा कोतहरुमा महाकालीको पूजा गर्ने गरिन्छ ।

आजको दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।

Categorized in संस्कृति