arin enterprises

चन्द्रागिरी नगरपालिकाबाट महानगरीय प्रहरीलर्या सिसीटिभि हस्तान्तरण

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ मङ्सिर १२, शुक्रबार

चन्द्रागिरी नगरपालिकाले करिब एक करोड रुपैयाँको लागतमा जडान गरेको सिसिटिभि क्यामेराहरु महानगरीय प्रहरीलाई हस्तान्तरण गरेको छ ।

त्रिभुवन राजपथ अन्तर्गत कलंकी–नागढुंगा सडकखण्डको कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपला मोडसम्म जडान गरिएका ६८ वटा अत्याधुनिक सिसिटिभि नगरपालिकाले महानगरीय प्रहरीलाई हस्तान्तरण गरेको हो ।

आज आयोजित एक कार्यक्रमका बीच चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलमार्फत महानगरीय प्रहरी वृत्त थानकोटलाई हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले हरेक नागरिकको गतिविधिको निगरानी गरी चोरी, लुटपाट लगायतका सम्भाव्य अपराध न्यूनीकरण गर्न सिसिटिभि जडानले महत्वपूर्ण योगदान पु¥याउने विचार राख्नुभयो ।

चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरिले सिसिटिभि जडानले सवारी दुर्घटना न्यूनीकरण गर्न मद्दत पु¥याउनुका साथै शान्ति सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाकी उपप्रमुख लिशा नकर्मी, वडा अध्यक्षहरु, प्रहरी अधिकृतहरु, संचारकर्मी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

Categorized in स्थानीय