चन्द्रागिरिले चार्जिङ स्टेशन निर्माण गर्ने
SamacharDesk – बिराज | २०८० पौष १९, बिहिबार

चन्द्रागिरि नगरपालिकामा सार्वजनिक तथा निजि विद्युतिय सवारी साधनको लागि चार्जिङ स्टेशन निर्माण हुने भएको छ ।
साझा यातायात र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा पहिलो चरणमा नागढुङ्गा र थानकोट गरि दुई स्थानमा चार्जिङ स्टेशन गरिन लागिएको हो ।
चार्जिङ स्टेशन निर्माण गर्न अहिले प्रारम्भिक सर्वेक्षण तथा नेपाल विद्युत प्राधिकरणसंगको समन्वय कार्य अघि बढाइएको चन्द्रागिरी नगरपालिकाले जनाएको छ ।
गत बुधबार नगर प्रमुख घनश्याम गिरी र साझा यातायातका अध्यक्ष कनक मणि दीक्षित, महाप्रबन्धक महेन्द्र राज पाण्डेयसहितको टोलिले स्थलगत निरीक्षण कार्य पनि सम्पन्न गरिसकेको छ ।
निरीक्षणको क्रममा नगर प्रमुख गिरीले लामो तथा छोटो दुरिको सार्वजनिक यातायात तथा निजि सवारी साधनले उक्त चार्जिंग स्टेशनबाट सेवा लिन सक्ने जानकारी गराए ।
नेपाल विद्युत प्राधिकरणले आवस्यक ट्रान्सर्फमर जडान गरे लगत्तै निर्माण कार्य शुरु हुने साझा यातायातका अध्यक्ष दीक्षितले बताए ।
Categorized in स्थानीय