arin enterprises

चन्द्रागिरी नगरपालिका एक हप्ताका लागि शिल्ड

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख २९, बुधबार

चन्द्रागिरी नगरपालिकामा आउँदो जेठ १ गतेदेखि एक हप्ताका लागि पूर्ण रुपमा सिल गरिने भएको छ ।

आज सूचना जारी गर्दै चन्द्रागिरी नगरपालिकाले आउँदो जेठ १ गते विहानको ६ बजेदेखि ७ गते विहान ५ बजेसम्मका लागि चन्द्रागिरी नगरपालिका क्षेत्र पूर्णरुपमा बन्द गरी सिल गरिने जनाएको हो ।

उक्त अवधिमा घर बाहिर हिंडडुल गर्न समेत पूर्ण रुपमा रोक लगाइने जनाइएको छ । औषधी पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवाबाहेक सबै सेवा र पसल बन्द हुने भएको छ ।

नगरपालिकाले जारी गरेको सूचना अनुसार उक्त अवधिभित्र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु, फलफुल, तरकारी पसलसमेत बन्द हुनेछ ।

साथै वडा कार्यालयहरु, नगरबाट संचालित योजनाहरु, सरकार, गैर सरकारी, बैंक र वित्तीय संस्थाहरु र निजी सम्पूर्ण कार्यालयहरु पनि बन्द रहनेछ ।

चालकले पिपिईसहित मास्क, स्यानिटाइजर पंजा आदि लगाई खानेपानी, दुध र दुग्ध उत्पादन ढुवानीका सवारी साधन भने चलाउन पाइने छ ।

भेरोसिल खोपको दोश्रो मात्रा लगाउनका लागि पहिलो खोप लगाएको कार्ड साथमा लिएर खोप लिने व्यक्ति खोप केन्द्रसम्म आवतजावत गर्न पाइनेछ । 

 

Categorized in स्थानीय