arin enterprises

चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दै

SamacharDesk | २०८० भाद्र ६, बुधबार

भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ बुधबार चन्द्रमाको सतहमा सफल अवतरण गराएर इतिहार रच्ने तरखरमा छ ।

चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको यानमा अहिलेसम्म कुनै समस्या नरहेको र भारतीय समय अनुसार बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा यानलाई अवतरण गराइने भारतीय अन्तरीक्ष संस्था इसरोले जनाएको छ ।

यदि चन्द्रयान—३ सफल भयो भने, भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने पहिलो देश हुनेछ।

चन्द्रयान प्रक्षेपण गर्नुको मुख्य लक्ष्य भनेको चन्द्रमामा पानीमा आधारित बरफको खोजी गर्नु हो, जसले भविष्यमा चन्द्रमामा मानव बसोबास गराउन सक्ने वैज्ञानिकहरूले बताएका छन्।

रुसको लुना–२५ सोही क्षेत्रमा छुन खोज्ने क्रममा दुर्घटना भएको थियो । चन्द्रयान—३ यदि सफल भयो भने, यो चन्द्रमामा सफ्ट ल्यान्डिङ हासिल गर्ने भारत चौथो देश पनि हुनेछ ।

अमेरिका, पूर्व सोभियत संघ र चीन सबै भूमध्य रेखा नजिक पुगिसकेका छन्। सन् २०१९ मा दक्षिणी ध्रुव नजिक आफ्नो चन्द्रयान—२ मिसन अवतरण गर्ने भारतको प्रयास असफल भएको थियो ।

उक्त यान चन्द्रमाको सतहमा खसेको थियो । यतिबेला यानको सफल अवतरणका लागि गति ज्यादै सुस्त बनाइएको छ ।

अवतरणका लागि यानको गति प्रति सेकेण्ड एक देखि दुई मिटरमा सीमित गरिएको छ ।

Categorized in अन्तर्राष्ट्रिय