चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश
SamacharDesk | २०७९ पौष ६, बुधबार

विगत १९ वर्ष अघिदेखि बन्दी जीवन बिताइरहेका फ्रान्सेली नागरिक तथा विकिनी किलरका नामले चर्चित चाल्र्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश दिएको छ ।
उहाँले १५ दिनभित्र देश फर्कने व्यवस्था मिलाउन सर्वाेच्चले आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त ईजलासले शोभराजले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको मुद्धामा सुनुवाई गर्दै शोभराजलाई अन्य मुद्धामा थुनामा राख्न नपर्ने भए आजकै दिनबाट कैद मुक्त गर्न र १५ दिनभित्र आफ्नो देश फर्काउने व्यवस्था मिलाउन आदेश गरेको छ ।
ईजलासले निरन्तर कैदमा राखिराख्नु बन्दीको मानवाधिकार मापदण्ड, संविधान तथा कानुन प्रदत्त अधिकार अनुकूल नदेखिएको भन्दै शोभराजको बन्दी प्रत्यक्षीकरण रिट जारि गरेको हो ।
सर्वोच्चको आदेशमा १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले उनले कानूनले दिएको सुविधा पाउनुपर्ने उल्लेख गरिएको छ । यस्तै मुटुसम्बन्धी रोगबाट पीडित भइ उपचारको अवस्थामा रहेको तथा तोकिएको कैदमध्ये ७५ प्रतिशत (१९ वर्ष) कैद सजाय भोगिसकेको देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।
कारागार नियमावली २०२० को नियम २९ मा ६५ वर्ष पुगेका कैदीलाई असल चाल चलनको आधारमा वा ओछ्यानमा परि निको नहुने अवस्थामा पुगेका कैदीहरुलाई ७६ प्रतिशतसम्मको कैदछुट गर्न सक्ने व्यवस्था छ ।
सोही अनुरुप अदालतले शोभराजले ९५ प्रतिशत कैद भुक्तान गरिसकेको भन्दै रिहा गर्ने आदेश गरेको हो । फ्रान्सेली नागरिक शोभराज सन् २००३ मा नेपालमा पक्राउ परेका थिए । कर्तव्य ज्यानको मुद्दामा उनलाई जिल्ला अदालत भक्तपुरले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
Categorized in समाज