arin enterprises

बेलायतका राजा चाल्र्सको शुभराज्यभिषेक सम्पन्न

SamacharDesk | २०८० बैशाख २४, आइतबार

बेलायतमा राजतन्त्रलाई निरन्तरता दिंदै बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेक सम्पन्न भएको छ ।

राजा चाल्र्सलाई ३६० वर्ष पुरानो २२ क्यारेट सुनले बनेको ताज हिजा दिउँसो लण्डनस्थित वेस्टमिन्स्टर अबेमा आयोजित भब्य समारोहमा चर्चका आर्कबिशपले मुकुट लगाइदिनुभएको हो ।

राजा चाल्र्सले लगाएको मुकुट ३० सेन्टिमिटर लामो छ भने यसको तौल लगभग दुई किलो २३० ग्राम छ । यो मुकुट यसअघि महारानी एलिजाबेथ द्वितीयले सन् १९५३ मा उनको राज्याभिषेकमा लगाउनुभएको थियो ।

विगत ७० वर्षदेखि यो मुकुट टावर अफ लन्डनबाट विरलै बाहिर आएको थियो । राजा चाल्र्सप्रति निष्ठा व्यक्त गर्दै आर्क बिशप सम्मानमा झुक्नुभएको थियो । आर्क विशपले राजा चाल्सलाई शपथ समेत दिलाउनुभएको थियो ।

शपथसँगै राजा चाल्र्सले आफ्नी आमाले गरेको निःस्वार्थ सेवाका उदाहरण अनुशरण गर्ने बताउनुभयो । सो समारोहमा रानी क्यामिलालाई पनि ताज लगाइएको थियो । तर, उहाँलाई सपथ लिन भने भनिएन ।

राजा चाल्र्सको राज्याभिषेकका लागि करिब २ हजार मानिसलाई आमन्त्रण गरिएको थियो । यसैबीच बेलायतमा राजा चाल्र्सको राज्याभिषेक समारोह चलिरहँदा राजतन्त्र बिरोधी समुहका नेता सहित ५० बढी पक्राउ परेका छन् ।

लण्डनको ट्राफलगर स्क्वार लगायतका शहरमा भेला भएर राजसंस्था बिरुद्ध नारा लगाउँदै प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । राजतन्त्र बिरोधी अभियानका ग्राहम स्मिथसहित ५० बढीलाई पक्राउ गरेको प्रदर्शनकारीहरुले बताएका छन् ।

प्रदर्शनकारीहरुले ‘नट माई किङ’ लेखेको टिसर्ट लगाउनुका साथै प्लेकार्ड प्रदर्शन गरेका थिए । पक्राउ परेकाहरुमाथि बेलायती कानुन अनुसार सार्वजनिक ब्यबस्था उल्लंघन तथा शान्ति भंगको आरोपमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

बेलायतका मानव अधिकारवादी समूहहरुले भने प्रदर्शनकारीहरु पक्राउ गरिएकोप्रति खेद प्रकट गरेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय