arin enterprises

छत्रपाटी चिकित्सालयललाई माइक्रो बस प्रदान

SamacharDesk | २०८१ मङ्सिर ९, आइतबार

नेपालको पहिलो सामुदायिक अस्पताल क्षत्रपाटी निशुल्क चिकित्सालयलाई चिनिया दुतावासले आधुनिक इलेक्ट्रिक माइक्रो बस प्रदान गरेको छ ।

शनिबार अस्पतालमा भएको समारोहमा चिनिया राजदुत छन् सोङले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई सो माइक्रो बस हस्तान्तरण गर्नुभएको हो ।

उपप्रधानमन्त्री सिंहले चिनिया सहयोग महत्पूर्ण भएको भन्दै यसले अस्पतालको विकासमा महत्पूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा राजदूत सोङले चिनिया सरकार नेपालको आर्थिक, सामाजिक र सामुदायीक विकामा सहयोग गर्न सधै तत्पर रहेको बताउनुभयो ।

अस्पतालका अध्यक्ष मनोजमान श्रेष्ठले अस्पतालको विकासमा चिनिया सहयोग पाउनु राम्रो भएको भन्दै नयाँ भवन बनाउन सबैको सहयोगको लागि आग्रह गर्नुभयो ।

क्षत्रपाटी अस्पताल विं सं २०१३ सालमा स्थानीय वासिन्दाको सकृयतामा स्थापना भएको हो ।

Categorized in समाज