चेल्सीसँग म्यानचेस्टर सिटी पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २६, आइतबार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएको छ । शनिबार राति सिटि चेल्सीसँग २–१ गोलले पराजित हो ।
खेलको ४४ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी टाइममा सिटीले पेनाल्टी पायो । सिटिका सर्जियो अग्युरोले प्रहार गरेको पेनाल्टीलाई चेल्सीका गोलकिपर मेन्डेले विफल पारेपछि अग्रता दोब्बर पार्ने सकेन । सिटीका जेससलाई चेल्सीका गिलमरले फल गरेपछि पेनाल्टी दिइएको थियो ।
६३ मिनेटमा चेल्सीका जिएचले गोल फर्काए बराबरीमा ल्याए । दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा अलन्सोले अर्को गोल गर्दा चेल्सीले २–१ गोलको जित हात पार्यो ।
यो हारको कारण सिटीको इंग्लिस प्रिमियर लिगको उपाधि उपाधि यात्रा लम्बिएको छ । चेल्सीसँग जित हात पारेको अवस्थामा सिटीले सिजनको उपाधि जित्ने थियो ।
अब सिटीले आगामी खेलमा जित हात पारे वा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड पराजित भएमा उपाधि जित्नेछ ।
त्यस्तै गएराति भएको अर्को खेलमा लिभरपुलले साउथह्याम्टनलाई २–० गोलले पराजित गरेको छ ।
लिभरपुलका लागि साडियो मानेले ३१ मिनेट र थियागोले ९० मिनेटमा गोल गरे ।
अंक तालिकामा शीर्ष स्थानको सिटीको ३५ खेलबाट ८० अंक छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३३ खेलबाट ६७ अंक रहेको छ। चेल्सी ३५ खेलबाट ६४ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ।
लिभरपुल ३४ खेलबाट ५७ अंक जोड्दै छैटौं स्थानमा छ।
Categorized in स्पाेर्ट्स