चेल्सी एफ ए कपको क्वार्टरफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण १७, बिहिबार

चेल्सी एफ ए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार लिड्स युनाईटेडलाई ३–२ गोलले हराउँदै चेल्सी अन्तिम ८ मा प्रवेश गरेको हो । माटेओ जोसेफले आठौं मिनेटमा गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।
निकोलस ज्याकसनले १५ औं मिनेटमा चेल्सीका लागि बराबरी गोल गरे । मायखाइलो मुड्रिकले ३७ औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ५९ औं मिनेटमा जोसेफले ब्यक्तिगत दोस्रो गोल गर्दै लिड्सलाई बराबरीमा ल्याएका थिए ।
कोनर गालाघेरले अन्तिम मिनेटमा चेल्सीका लागि विजयी गोल गरेपछि क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
यो जितले चेल्सीको उपाधि आशलाई जगाएको छ । आईतबारमात्र कारबाओ कपको उपाधि भिडन्तमा चेल्सीले लिभरपुललाई नतिजा सुम्पिएको थियो ।
मौरिसियो पोचिटिनोको चेल्सीले क्वाटरफाइनलमा च्याम्पियनसिपको लिडर लेस्टर सिटीसँग खेल्नेछ ।
अन्य खेलमा लिभरपुलले साउथह्याम्टनलाई र म्यानचेस्टर युनाईटेडले नोटिङघम फोरेस्टलाई हराउँदै अन्तिम ८ मा स्थान बनाएका छन् ।
Categorized in स्पाेर्ट्स