शानदार जित सहित चेल्सी फाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ १०, बुधबार

इग्लिस क्लब चेल्सी काराबाओ कपको फाइनलमा पुगेको छ । मंगलबार राति मिडलबर्गलाई ६–१ गोल अन्तरले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो ।
पहिलो लेगमा १–० गोलले पराजित भएको चेल्सीले दोस्रो खेलमा जित निकाल्दै समग्रमा ६–२ गोलको जित निकाल्दै फाइनलमा पुग्यो ।
चेल्सीको घरेलु मैदान स्टामफोर्द ब्रीजमा भएको खेलमा जोनी हाउसनको आत्माघाती गोलवाट चेल्सीले खेलको १५ औं मिनेटमा अग्रता बनायो ।
इन्जो फर्नान्डेजले २९ औं मिनेटमा, एक्सले दिसाइले ३६ औं मिनेट र कोले पल्मेरले ४२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमै चेल्सीलाई ४–०को अग्रता दिलाए ।
दोस्रो हाफको ७७ मिनेटमा कोले पल्मेरले र नोनी माडुकेले ८१ औं मिनेटमा गोल गरे । यता मिडलबर्गका लागि मोर्गन रोजर्सले ८८ औं मिनेटमा एक गोल फर्काए ।
खेलको बाँकि समय अरु गोल नहुँदा खेल ६–१ले चेल्सीको पोल्टा गएको हो ।
चेल्सीले फाइनलमा फुलह्याम र लिभरपुलबीचको विजेतासँग खेल्नेछ ।
फुलह्याम माथि लिभरपुलले पहिलो लेगमा १–२ को अग्रता बनाइसकेको छ ।
दोस्रो फाइनल खेल २५ जनवरीमा फुलह्यामको घरेलु मैदानमा हुनेछ ।
Categorized in स्पाेर्ट्स