arin enterprises

फुलहमसँग चेल्सी पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ पौष २९, शुक्रबार

 इङ्लिस प्रिमियर लिगमा फुलहमसँग चेल्सी पराजित भएको छ । बिहीबार राति भएको खेलमा चेल्सी फुलहमसँग २–१ ले पराजित भएको हो ।

खेलको २५ औं मिनेटमा विलियनले गोल गर्दै फुलहमलाई अग्रता दिलाए । ४७ औं मिनेटमा चेल्सीका कालिदौ कौलीबलीले खेल बराबरीमा ल्याएका थिए । अल्भेस मोरिस ७३ औं मिनेटमा घरेलु टोलीका लागि विजयी गोल गरे ।

त्यसअघि ५८ औं मिनेटमा डेब्यु खेलाडी जोआओ फेलिक्सले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो ।

उनले डिफेन्डर केनी टिटीमाथि नराम्रो ट्याकल गरेका थिए । फिलिक्स गत बुधबारमात्र करिब १० मिलियन पाउण्डमा लोनमा चेल्सी आएका थिए ।

यो जितसँगै फुलहम १९ खेलमा ३१ अंक सहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

चेल्सी १८ खेलमा २५ अंक सहित १०औ स्थानमा छ । 

Categorized in स्पाेर्ट्स