arin enterprises

चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ९, बिहिबार

आईपीएलमा चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ ।

गयराति कोलकता नाइट राइडर्सलाई १८ रनले हराउँदै चेन्नई  स्थानमा उक्लिएको हो ।

चेन्नईले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको कोलकता १९.१  ओभरमा २०२ रन बनाउँदै अल आउट भयो ।

कोलकताका लागि पाट कुमिन्स र आन्द्रे रसेलले अर्धसतकीय पारी खेले । रसेलले २२ बलमा ६ छक्का र ३ चौकासहित ५४ रन बनाए भने ३४ बल खेलेका कुमिन्स ६ छक्का र ४ चौका प्रहार गदै ६६ रनमा नटआउट रहे पनि टोलीलाई जिताउन सकेनन् ।

दिनेश कार्तिकले ४० रन बनाउँदा बाँकी खेलाडी सस्तैमा समेतिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर २ सय २० रन बनायो ।

चन्नाईका लागि फाफ डुप्लेसिसले ६० बलमा ४ छक्का र ९ चौका सहित नटआउट ९५ रन बनाउँदै उत्कृष्ट पारी खेले ।

त्यस्तै ऋतुराज गायकवाडले ६४, मोइन अलीले २५, कप्तान महेन्द्रसिंह धोनीले १७ र रवीन्द्र जडेजाले नटआउट ६ रन बनाए ।

बलिङ दिपक चहरले सर्वाधिक ४ विकेट लिए। लुङ्गी नेगेडीले ३ तथा साम चुरनले १ विकेट लिए ।

कोलकताका लागि वरुण चक्रवर्ती, आन्द्रे रसेल र सुनिल नाराणले एक एक विकेट लिए ।

यो जित सँगै चेन्नाई सुपर किङ्स ४ खेलमा ६ अंक सहित शीर्ष स्थानमा छ । त्यस्तै एक खेल कम खेलेको बैंगलोर ६ अंक सहित दोस्रो स्थानमा छ ।

Categorized in स्पाेर्ट्स