नदीमा डुबेर बालकको मृत्यु
SamacharDesk – बिकाश | २०७७ भाद्र १८, बिहिबार

बर्दियाको गुलरियामा नदीमा डुबेर एक १३ वर्षीया बालकको मृत्यु भएको छ ।
गुलरिया ९ स्थित पुरानो सर्जु नदीमा डुबेर सोही स्थान बस्ने बर्गदली हलुवाईको १३ वर्षीय छोरा मुराजली हलुवाईको मृत्यु भएको हो ।
बुधबार घरबाट खेल्न निस्केका उनी घर नफर्कीएपछि खोजी गर्ने क्रममा बिहीबार नदीमा डुबेको अवस्थामा बालकको शव फेला परेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Categorized in समाज