arin enterprises

चीनले महामारी नियन्त्रणका लागि लगाइएका प्रतिवन्धहरु खुकुलो बनायो

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ पौष २९, शुक्रबार

चीनले कोरोना महामारी नियन्त्रणका लागि लगाइएका प्रतिवन्धहरु खुकुलो बनाएको छ ।

दुईबर्ष अघि महामारी नियन्त्रणका लागि चिनिया सरकारले जारी गरिएका शून्य कोभिडको नीतिका प्रतिवन्धहरु नयाँ बर्षको उपलक्ष्यमा परिवर्तन भएको हो ।

गत वर्ष विमानस्थल लगायत सार्वजनिक स्थानहरुमा गरिएको कडाइले आम सर्वसाधारणले सास्ती व्यहोरेका थिए । सरकारले शून्य कोभिडको नीतिमा परिर्वतन गरेसँगै आम सर्वसाधारणले सहज महसुस गरेको छन् ।

महामारीका कारण गत वर्ष बिरामी अस्पतालमा उपचार नपाएपनि यस वर्ष कुनै समस्या नभएको जनाएको छ । 

केही समय यता चीनमा फेरि ओमिक्रोन सब भेरियन्ट बीएफ.७ को संक्रमण बढ्न थालेसँगै विश्वभर सतर्कता अपनाउन थालिएको छ ।

साथै विभिन्न देशले चीन भ्रणम गरेका आफ्ना नागरिकमाथि चेकजाँच र चिकित्सकको निगरानी बढाउन थालेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय