चीनमा जनसंख्या घट्दै
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ माघ ५, बिहिबार

चीनमा ६ दशक पछि पहिलो पटक जनसंख्या घटेको पाइएको छ ।
चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा आठ लाख ५० हजार जनसंख्या कम भएको हो ।
यस तथ्याङ्कमा हङकङ, मकाउ र विदेशमा रहेका बासिन्दाहरु बाहेक चीनमै मात्र बसोबास गरिरहेकाहरुको संख्या समावेश छन् ।
जनसंख्यामा यो गिरावट एक सन्तानको कडा नियमको परिणाम भएको बताइएको छ ।
पछिल्लो समय चीनले एक सन्तानको नियम हटाई दुई वा तीन सन्तान जन्माउन सकिने बताएपनि नयाँ नियम त्यति प्रभावकारी भने देखिएको छैन ।
अभिभाबकहरुले हाल बढ्दै गएको महंगीका कारण बालबालिकाको लालनपालनमै धेरै खर्च लाग्ने भन्दै एक भन्दा बढिसन्तान जन्माउन नचाहेको अनुमान गरिएको छ ।
चीन विश्वको सबैभन्दा बढी जनसंख्या भएको राष्ट्र हो । हाल चीनको कुल जनसंख्या १ अर्ब ४१ करोड माथि रहेको छ ।
यहाँ गत वर्ष एक करोड ४१ लाख मृत्यु दर्ता गरिएको थियो भने जम्मा ९० लाख ५६ हजार शिशुको जन्म भएको थियो ।
कुल जनसंख्या मध्ये पुरुषको संख्या ७२ करोड र महिला ६८ करोडको हाराहारीमा रहेको छ ।
जनसंख्यामा चीन पछि भारत रहेको छ । हाल भारतको जनसंख्या १ अर्ब ४ करोड माथि छ भने यो संख्या बढ्ने क्रममा छ ।
जनसंख्यामा भारतले चीनलाई छिट्टै उछिन्ने अनुमान गरिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय