चीनले कोरोना परीक्षण अनिवार्य नीति हटाउने
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र १२, मंगलबार

चीन भ्रमणमा जाने विदेशी पर्यटकहरुका लागि कोरोनाको न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था हटाउने भएको छ ।
चीनले यो व्यवस्था अगस्ट ३० तारिक बुधबारवाट हटाउने भएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले पत्रकार सम्मेलनमा बोल्दै २०२३ अगस्ट ३० बाट चीन आउने कोही पनि व्यक्तिले एन्टिजेन परीक्षण गर्नैपर्ने बाध्यता हटाउने जानकारी दिए ।
सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरस (कोभिड १९) संक्रमण देखा परेको थियो ।
चीनपछि बिस्तारै विश्वभर नै कोरोना भाइरसको संक्रमण फैलिँदा लाखौँ मानिसहरुको निधन हनुको साथै अर्बौं मानिसहरु संक्रमित भएका थिए ।
मुलुकहरुमा अधिकांश हालपनि कोरोना भाइरस देखा पर्दै आइरहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय