चितवनमा भिषण आगलागी
SamacharDesk | २०७९ बैशाख १५, बिहिबार

चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा एउटा व्यापारिक भवनमा आगलागि भएको छ ।
आगालागीबाट ६ वटा पसल जलेर नष्ट भएको छ भने करोडौंको क्षति भएको पुर्वानुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट कमलनगर चोकमा रहेको तुल्सीराम सापकोटाकोे चार तले घरको भूई तलामा रहेका रहेका सात वटा पसलसहित पहिलो र दोस्रो तलाका पसलहरु समेतमा ठूलो क्षति पुगेको छ ।
गएराति २ बजेदेखि सुरु भएको आगलागि आज बिहान ७ बजे मात्रै नियन्त्रणमा लिइएको हो । आगो निभाउन चार वटा दमकल प्रयोग गरिएको थियो । आगलागी पछि त्यहाँ पुगेको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको ठूलो प्रसासले केही पसलका केही सामानहरु भने झिक्न सफल भएका छन् ।
Categorized in समाज