arin enterprises

राजकुमार मानन्धरले जित्यो “प्रथम मिष्टर चितवन शारीरिक सुगठन २०८१” को उपाधी

SamacharDesk | २०८१ आश्विन १३, आइतबार

प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स फिजिक्स २०८१ को उपाधी राजकुमार मानन्धर तथा अलिना सुनारले जितेको छ ।

चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा मानन्धरले उपाधी जित्दै नगद १ लाख ५० हजार तथा ट्रफि हात पारेको छ ।

‘स्वास्थ्यका लागि खेदकुद, राष्ट्रका लागि खेलकूद’ भन्ने नाराका साथ भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी प्रतियोगिताको आयोजना गरेको थियो ।

च्याम्पियनसीपमा प्रत्येक वेट क्याटगोरीका बिजेता (गोल्ड मेडलिष्ट) ले ३० हजार, फष्ट रनर अप २० हजार र सेकेण्ड रनर अपले १० हजार हात पारेको थियो ।

प्रतियोगितामा अलिना सुनार वुमन एथलेटिक्स फिजिक्स च्याम्पियन भएकी छन् । उनले नगद ५० हजार प्राप्त गरेकी छिन् । त्यस्तै फर्स्ट रनर अप विजतोले २५ हजार तथा सेकेण्ड रनर अप विजेताले १५ हजार नगद जितेकी छन् । 

प्रतियोगितामा चितवन पुरुष शारीरिक सुगठन प्रतियोगितातर्फ ५५, ६०, ६५, ७० र ७५ के.जि भन्दा माथी प्रतिस्पर्धा गराइएको थियो ।

त्यस्तै प्रतियोगिता अन्तरगत ५० बर्ष भन्दा माथीका व्यक्तिहरुबीच माष्टर वेट खुल्ला पुरुषतर्फ पनि गराइएको थियो । प्रतियोगिता असोज ११ र १२ गते दुईदिन भएकोमा फाइनल प्रतियोगिता हिजो शनिबार सम्पन्न भएको हो ।

प्रतियोगिताको प्रमुख निर्णायक भूमिकामा मिष्टर नेपाल विजेता प्रतापकाजी बरियासहित ९ जना सहायक निर्णायकहरु थिए ।

यसैबीच उपाधि विजेता मानन्धरलाई केन्द्रीय मानन्धर संघले बधाई तथा शुभकामना प्रदान गरेको छ ।

Categorized in स्पाेर्ट्स
SKIP THIS dahain 2081