arin enterprises

छुस्याबहालस्थित सिंहको मूर्तिमा क्षति

SamacharDesk | २०७९ चैत्र १८, शनिबार

ऐतिहासिक छुस्या बहालको ढोकबाहिर राखिएको एउटा सिंहको मूर्ति क्षतिग्रस्त भएका छन् ।

काठमाडौं महानगरपालिका वडा नं. २७ स्थित ज्याठा टोलमा रहेको छुस्या बहाल (गुणाकर महाविहार) बाहिर राखिएको उक्त सिंहको प्रस्तर मूर्ति गएराति गाडीको ठक्करले क्षतिग्रस्त भएको बताइएको छ ।

बिहारको मूल ढोका बाहिर राखिएको सिंहको उक्त प्रस्तर मूर्ति तीन टुक्रा हुने गरी क्षतिग्रस्त भएको छ । मूर्ति क्षति कसले ग¥यो भन्ने अनुसन्धान भइरहेको जनाइएको छ ।

२७ वडा कार्यालयबाट उक्त क्षतिग्रस्त मूर्तिको निरीक्षण गरी मर्मतको लागि शुरु गरेको छ । कामपा २७ वडास्थित छुस्याबहाल काठमाडौंमा अहिलेसम्म बहालकै रुपमा अस्तित्वमा रहेको एक मात्र बहाल हो ।

काठमाडौंका अन्य बहालहरू नयाँ नयाँ भवन निर्माणका कारण विकृत भइसकेका छन् । लुम्बिनीमा निर्माण गरिएको नेपाली शैलीको आकर्षक बौद्ध बहाल पनि यही छुस्याबहालको स्वरुप आउने गरी बनाइएको बताइन्छ ।

Categorized in समाज